समय अनुसार नीति परिवर्तन जरुरी

२०८१ चैत्र २६ मंगलवार
सारांश
  • मंगलबार काठमाडौंमा आयोजित ‘अटोमोबाइल क्षेत्रका लागि दीर्घकालीन नीतिहरू’ विषयक छलफल कार्यक्रममा उनले विश्व कुन दिशातिर जादैँछ त्यही हिसाबले जानुपर्ने बताए । उनले अबको समय इभीको भएको हुँदा नीति निर्माणसहित अगाडि बढ्नुपर्ने बताए ।

काठमाडौं : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले नीतिहरु समयअनुकुल परिवर्तन गर्नुपर्ने बताएका छन् । 


मंगलबार काठमाडौंमा आयोजित ‘अटोमोबाइल क्षेत्रका लागि दीर्घकालीन नीतिहरू’ विषयक छलफल कार्यक्रममा उनले विश्व कुन दिशातिर जादैँछ त्यही हिसाबले जानुपर्ने बताए । उनले अबको समय इभीको भएको हुँदा नीति निर्माणसहित अगाडि बढ्नुपर्ने बताए ।  


उनले भने, ‘अहिले नीजि सवारी साधनहरु धेरै छन् । त्यसैले यो क्षेत्रमा विकास भएको रहेछ भन्ने देखिन्छ । यसमा इभी कति छन् भन्ने कुराले विकासको चरण देखाउँछ । विश्व कुन दिशातिर जादैँछ भन्ने हिसाबले हामीपनि अगाडि बढ्ने हो । अब जाने भनेको इभीतिरै हो । तर कसरी जाने, कतिको छिटो जाने के गर्ने भन्ने कुरा नीतिले नै निर्माण गर्ने हो । नीतिले सकरात्मक र नकारात्मक दुवै असर गर्छ ।  आज बनाएको नीति पाँचछ वर्ष पनि काम नलाग्ने हुन्छ । किनभने समयअनुसार प्रविधिहरु परिवर्तन हुन्छन् । त्यसकारण दिगो रुपमा सोचेर नीति बनाउनुपर्छ ।’ 


यस्तै, उनले बजेट भन्दा अगाडि यस्ता विषयको छलफलले काम गर्न सजिलो हुने भन्दै अहिलेको समय अनुसार नीतिहरु पुरानो भएको बताए । 


यस्तै, मेकानिकल इन्जिनियरिङ विभाग, काठमाडौं विश्वविद्यालयका प्राडा बिम प्रसाद श्रेष्ठले इभीको कुरामा युरोप र अमेरिका धेरै अगाडि बढिसकेको भन्दै पूर्वाधार विकास गर्दा आगामी १० वर्षसम्म पनि चल्न सक्ने खालको बनाउनुपर्ने बताए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार